सन् २०३५ सम्ममा भारतको आफ्नै अन्तरिक्ष स्टेशन हुने

image001JJ6T
  • केन्द्रीय मन्त्री डा. जितेन्द्र सिंह इन्डिया इकोनोमिक कन्क्लेभको विशेष सत्रमा सहभागी
  • आउँदो १० वर्षमा भारतको अन्तरिक्ष अर्थतन्त्रमा तीन गुणा वृद्धि हुनेछ

नयाँ दिल्ली: केन्द्रीय मन्त्री डा जितेन्द्र सिंह भारत मण्डपम, नयाँ दिल्लीमा प्रमुख मिडिया हाउसद्वारा आयोजित ‘इण्डिया इकोनोमिक कन्क्लेभ’ को विशेष सत्रमा सहभागी भए। कार्यक्रममा उनले भने, “२०४७ को लक्ष्य प्राप्त गर्न र भारतलाई एक वैश्विक गन्तव्य बनाउने उद्देश्यले हामीलाई अन्तर्राष्ट्रिय रणनीतिहरू र मापदण्डहरूको पालना गर्न आवश्यक छ।” डा जितेन्द्र सिंहले भारतका अन्तरिक्ष, समुद्री र हिमालयन स्रोतहरू, जुन प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वअघि कम परिचित क्षेत्र थिए, अब भारतको भावी आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिने बताएका छन्।

एक प्रश्नको जवाफमा, जसमा भारतले आफ्ना प्राकृतिक स्रोतहरूबाट भविष्यमा कसरी लाभ उठाउन सक्छ भन्ने विषय उठाइएको थियो यसमा केन्द्रीय मन्त्रीले भने, “प्रधानमन्त्री श्री नरेन्द्र मोदीले निजी कम्पनीहरूका लागि अन्तरिक्ष क्षेत्र खुला गरेका छन्, जसले तिनीहरूलाई ठूलो अवसर प्रदान गरेको छ।  भारतको अन्तरिक्ष क्षेत्र अहिले विश्वव्यापी मापदण्डसँग मेल खाने दिशामा अघि बढिरहेको छ। २०१४ पछि भारतले अन्तरिक्ष अर्थतन्त्रमा ठूलो प्रगति गरेको छ।” उनले अझ भने, ‘भारतको अन्तरिक्ष क्षेत्र अहिले विश्वको अन्तरिक्ष अर्थतन्त्रमा ८–९ प्रतिशत योगदान पुर्याइरहेको छ। आगामी १० वर्षभित्र यसले तीन गुणा वृद्धि गर्ने अनुमान गरिएको छ। प्रधानमन्त्री मोदीको सक्रिय नेतृत्वबिना यो सम्भव थिएन।”

डा जितेन्द्र सिंहले भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) नासापछि स्थापना भए पनि आज यो कुनै पनि विश्वव्यापी संस्था भन्दा पछि नरहेको बताए। उनले जानकारीअनुसार, भारतले अहिलेसम्म ४३२ भन्दा बढी उपग्रह प्रक्षेपण गरेको छ, जसमध्ये ३९७ उपग्रह २०१४ पछि प्रधानमन्त्री मोदीको नेतृत्वमा प्रक्षेपण भएका छन्। उनले भने, ‘सन् २०३५ सम्म भारतको आफ्नै अन्तरिक्ष स्टेशन हुनेछ।‘ अन्वेषण नभएका क्षेत्रहरूको महत्त्वबारे जोड दिँदै केन्द्रीय मन्त्रीले भने, “हामीसँग स्रोत, क्षमता, प्रतिबद्धता र उत्साहको कुनै कमी छैन। यी सबैको सदुपयोग गरेर भारतले आफ्नो भविष्य सुनिश्चित गर्नसक्छ।” जम्मू-कश्मीर सम्बन्धी एक प्रश्नको उत्तर दिँदै उनले भने, “हालैका विधानसभा चुनावहरूमा भारतीय जनता पार्टीले अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरेको छ। हाम्रो मत प्रतिशत मात्र बढेको छैन, सत्तारुढ पार्टीको तुलनामा बढी रहेको छ।” उनले कश्मीर उपत्यकामा दुई करोडभन्दा बढी पर्यटकको आगमनले त्यहाँ सामान्य स्थिति फर्किएको पुष्टि भएको बताए। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement