सिन्कोना गोल्ड कपः सिनोल्चु फूटबल क्लब रोमाञ्चक जीतको साथ सेमिफाइनलमा

photocollage_202412142095927

कालेबुङ: मंगलधुरा कल्याण समिति, संगसीर कमानको तत्त्वावधानमा आयोजित सिन्कोना गोल्ड कप फूटबल टुर्नामेण्टमा सिनोल्चु फूटबल क्लब (नाम्ची,सिक्किम) ले सेमिफाइनलमा स्थान बनायो। मंगलधुरा खेल मैदानमा शनिवार भएको चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा सिनोल्चु फूटबल क्लबले जर्जियन फूटबल क्लबविरुद्ध पेनल्टी शूटआउटमा ५-४-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा सिनोल्चु फूटबल क्लबबाट सुमितले अनि जर्जियन फूटबल क्लबबाट नरेन्द्र राईले गोल गरे। यस सेवेन ए साइट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २२ दिसम्बरमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement