रिकभरी भ्यान टिस्टा नदीमा खस्दा चालकको मृत्यु, एक जना बेपत्ता

IMG-20241214-WA0214

सिलगढी: कालेबुङबाट फर्कने क्रममा रिकभरी भ्यान दुर्घटनामा परेको छ। दुर्घटनामा चालकको मृत्यु भएको छ भने यात्रु बेपत्ता छन्। यो घटना सिक्किम र सिलगढी हुँदै जाने राष्ट्रिय राजमार्ग नम्बर १० मा २८ माइल क्षेत्रमा भएको हो। घटनाको जानकारी पाएलगत्तै कालेबुङ पुलिस र ट्राफिक अधिकारी घटनास्थलमा पुगेका थिए। स्रोतका अनुसार, मृत्यु हुने चालकको नाम रोशन विष्ट दार्जीलिङ निवासी बताइएको छ। खलसी अझै भेटिएको छैन। पुलिस प्रशासनले दुर्घटनाग्रस्त गाडीलाई यसअघि नै बरामद गरिसकेको छ। पुलिसले शव उद्धार गरी पोष्टमार्टमका लागि कालेबुङ अस्पतालमा पठाएको छ। स्रोतका अनुसार रिकभरी भ्यान अनियन्त्रित भई सडक किनारको डिभाइडरसँग ठोक्किएर टिस्टा नदीमा खस्यो। पुलिस प्रशासनले रिकभरी भ्यानको नम्बर हेरेर कार मालिकसँग सम्पर्क गर्ने प्रयास गरिरहेको छ। साँझ परेकाले बेपत्ता भएकालाई भेटाउन सकेको छैन। पुलिस प्रशासनले उनको परिचय खुलाउने प्रयास गरिरहेको छ। स्रोतहरूका अनुसार, एनडीआरएफ र आपदा प्रतिक्रिया टोलीहरू भोलि बिहानबाट उद्धार कार्यमा खटाइनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement