दार्जीलिङ: घूम जोरबंग्लो युनाइटेड क्लबको आयोजनमा जारी म्याराडोना मेमोरियल कप फूटबल टुर्नामेण्टमा फ्रेण्ड्स क्लबले एकतर्फी जीत हासिल गऱ्यो। घूम स्कूल ग्राउण्डमा शनिवार भएको म्याचमा फ्रेण्ड्स क्लबले जोजो सेवेनविरुद्ध ४-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट रुड गुलिटले २ गोल गरे। यसबाहेक मनीष सुब्बा र प्रशान्त विश्वकर्माले १-१ गोल गरे। यसरी जोजो सेवेनबाट डेन लामाले १ गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। फाइनल २२ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।