दार्जीलिङमा मोठ ६५० वटा मुद्दाहरुबारे सुनवाइ गरियो

IMG-20241214-WA0212

दार्जिलिङ: डिस्ट्रिकट लिगल सर्भिस अथोरिटीद्वारा आज दार्जीलिङमा राष्ट्रिय लोक अदालत सम्पन्न गरियो। विचाराधीन विवाद/मुद्दाहरू सौहार्दपूर्ण रूपमा समाधान गर्न यस प्रकारको लोक अदालत देशभरि नै नेशनल लिगल सर्भिस अथोरिटीको तत्वाधानमा आज सञ्चालन गरियो जस अनुरुप दार्जीलिङ जिल्ला अदालत प्रांगणमा पनि तीनवटा बेञ्जमार्फत् डीएलएसए अध्यक्ष एवं जिल्ला न्यायाधीश जिमुत बहन विस्वास, सेकेण्ड कोर्टका अतिरिक्त जिल्ला न्यायाधीश सन्जीब डे एवं सीजीएम अमरचन्द्र दासद्वारा मानिसहरुको विवाद एवं मुद्दाहरू समधान गरियो। देशव्यापी चलिरहेको राष्ट्रिय लोक अदालतअन्तर्गत ३ वटा बेञ्च गरेर दार्जीलिङमा आज मोठ ६५० वटा मुद्दाहरुबारे सुनवाइ गरियो। यसबारे दार्जीलिङ लगायत खरसाङ, मिरिक अनि सिलगढी गरी जम्मा ६ वटा बेञ्चमार्फत सञ्चालित लोक अदालतद्वारा जनमानसको विवादहरु सुल्झाउने कार्य भएको डिस्ट्रिकट लिगल सर्भिस अथोरिटीका सचिवा न्यायाधीश छिरिङ्ग याङ्गछेन लेप्चाले जानकारी गराएकी छन्।
डिस्ट्रिक लिगल सर्भिस अथोेिरिटी सचिव छिरिङ याङछेन लेप्चाले मुद्दा त्रैमासिक रुपमा चल्ने राष्ट्रिय अदालतमा खरसाङ अनि मिरिक गरेर कम्पाउण्ड, ब्याक्ङिङ, इलेकट्रीसिटीलगायत अन्य मुद्दामा सुनवाइ गरिएको अवगत गराइन्।

About Author

Advertisement