भोलिदेखि तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्ट शुरु हुने

IMG-20241214-WA0209

खरसाङ: युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको आयोजनामा भोलि १५ दिसम्बर आईतबारदेखि तीनधारेको मिठाईडाँडा खेल मैदानमा तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्टको आयोजना भईरहेको छ। तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्टको उदघाटन खेल भोलि १५ दिसम्बरमा सीएनएफए सिलगढी र शिवखोला एफसीमाझ सम्पन्न हुने भएको छ। तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्टको उदघाटन भोलि १५ दिसम्बर आईतबार हुनेछ भने यसको दुईवटा सेमी फाइनलहरु ४ र ५ जनवरीमसा अनि फाईनल खेल आगामी १२ जनवरी २०२५ मा सम्पन्न हुने भएको छ।‌ यस तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको विजेतालाई आकर्षक ट्रफीसहित दुई लाख रुपियाँ र उप विजेतालाई आकर्षक ट्रफीसहित एक लाख रुपियाँ प्रदान गरिने भएको छ।‌तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको उदघाटन खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको सचिव रञ्जित थापाले तीनधारेको मिठाईडाँडा खेल मैदानमा तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको पहिलो संस्करणको फुटबल टुर्नामेन्ट आईतबारदेखि शुरु हुने बताउँदै उदघाटन खेलमा तीनधारे र वरिपरिका मानिसहरुलाई उपस्थित भईदिने अनुरोध गरेका छन्।

उनले तीनधारे च्यालेञ्च फुटबल टुर्नामेन्टको उदघाटन खेल सीएनएफए सिलगढी र शिवखोला एफसीमाझ सम्पन्न हुने जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement