कालेबुङमा दुई दिने तेस्रो सुन्तला महोत्सव आरम्भ

IMG-20241214-WA0206

कालेबुङ: कालेबुङमा दुई दिने तेस्रो सुन्तला महोत्सव आरम्भ भएको छ। पश्चिम बंगालको सिन्कोना तथा अन्य औषधीय वनस्पति निर्देशनालय र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन मंगपुद्वारा आयोजित उक्त महोत्सव कालेबुङको मेनरोडमा सम्पन्न भईरहेको छ। जिल्ला मजिस्ट्रेट कालेम्पोङको कार्यालयसँगको सहकार्यमा आयोजित उक्त महोत्सवको उद्घाटन कार्यक्रममा पश्चिम बंगालको खाद्य प्रशोधन विभागका एमआईसी अरुप रोयको विशेष उपस्थिति रहेको थियो।

त्यसरी नै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सिन्कोना विभागको कार्यकारी सभासद रतन थापा पनि विशेष रूपमा उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement