वायनाडका लागि प्रियंका गान्धी र अन्य सांसदहरूले उठाए राहत प्याकेजको माग

00-1-Wayanad

नयाँ दिल्ली: कांग्रेस महासचिव प्रियंका गान्धी वाड्रा र केरलाका धेरै अन्य सांसदहरूले शनिबार संसद परिसरमा वायनाड पहिरो त्रासदीका पीडितहरूका लागि राहत प्याकेजको माग गर्दै प्रदर्शन गरे। प्रियंका गान्धी र अन्य धेरै सांसदहरू संसद भवनको ‘मकर गेट’ नजिक भेला भए र ‘वायनाड विरुद्ध भेदभाव बन्द गर’ नारा लगाए। वायनाडबाट लोकसभा सदस्य प्रियंका गान्धीले पत्रकारहरूलाई भनिन्, ‘सरकारले वायनाडलाई विशेष प्याकेज दिन अस्वीकार गरिरहेको छ। हामीले गृहमन्त्री (अमित शाह)लाई अनुरोध गरेका छौं र प्रधानमन्त्रीलाई पत्र लेखेका छौं।‘ त्यसैगरी हिमाचल प्रदेशमा ठूलो विनाश भएको र यी दुवै घटनामा केन्द्र सरकारले राजनीतिक कारणले पीडितलाई उचित सहयोगबाट वञ्चित गरिरहेको आरोप लगाइन्। प्रियंका गान्धीले भनिन्, ‘भारतका नागरिकका रूपमा सबैजना समान व्यवहारको हकदार छन् र प्राकृतिक प्रकोपलाई लिएर कुनै भेदभाव हुनु हुँदैन।’ केन्द्रीय गृह राज्यमन्त्री नित्यानन्द रायले गत बिहीबार लोकसभामा भनेका थिए, ‘विपक्षी दलहरूले वायनाड पहिरो दुर्घटनामा राजनीति गर्नु हुँदैन किनभने प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सरकार दुर्घटना पछि सतर्क र संवेदनशील थियो, र पूर्ण सहयोग गरेको थियो।‘ सदनमा ‘विपद् व्यवस्थापन (संशोधन) विधेयक, २०२४’ माथिको चर्चाको जवाफ दिँदै रायले मोदी सरकारको सहयोग प्रतिपक्षले स्वीकार गर्नुपर्ने पनि बताए थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement