मिरिक: मिरिकलाई स्वच्छ र सुन्दर राख्न लगभग एक वर्ष अघिदेखि सक्रिय कार्य गरिरहेका मिरिक स्मल फूड कार्ट एसोसिएशनले वर्ष २०२५ काे क्यालेण्डर सार्वजनिक गरेकाे छ। यस अवसरमा बाेल्दै एसोसिएशनका अध्यक्ष एटी राईले एसोसिएशनकाे आर्थिक पक्षलाई दह्रिलाे बनाउने उद्देश्यले एसोसिएशनसित आबद्ध रहेका २८ वटा संघ संस्थाहरूसित परामर्श र सल्लाह गरी एसोसिएशनले क्यालेन्डर निकालेकाे जानकारी गराएका छम्। उनले साताकाे दुई दिन स्मल फूट कार्ट एसोसिएशनका सदस्यहरूले मिरिक पर्यटन केन्द्रमा सफाई गर्ने गरेकाे अनि यसरी सफाई गर्दा पन्जा, हसियाँ लगायत अन्य सामाग्रीहरूकाे आवश्यकता पर्ने हुनाले क्यालेण्डर बिक्री गरेर उक्त आवश्यक सामाग्रीहरू किन्ने बताएका छन्। उनले एसोसिएशनमा हाल क्यान्सर राेगी, मृगाैला राेगीहरूले पनि सहयाेगकाे अनुराेध गरिरहेकाे जानकारी गराउँदै क्यालेण्डर बिक्री गरेर नै राेगीहरूलाई पनि सहयाेग गरिने बताएका छन्। उनले हाल एसोसिएशनका सदस्यहरूबाट मासिक दुई सय रूपियाँ संग्रह गरेर एसोसिएशनले विभिन्न समाजिक कार्यहरू गरिरहेकाे अनि सधैंभरि संगठनका सदस्यहरूबाट रूपियाँ उठाउन नमिल्ने हुनाले नै क्यालेण्डर बिक्री गरेर अर्थ जाेगाड गर्ने निर्णय गरिएकाे बताए।

उनले क्यालेण्डर बिक्री गरेकाे रूपियाँले हामी असल कार्य गर्नेछाै अनि संग्रह भएकाे रूपियाँले के कति कार्य गरिन्छ हामी पारादर्शी रूपमा सञ्चार माध्यमबाट जनाउने जनाएका छन्। उनले सबैलाई क्यालेण्डर किनीदिएर सहयाेग गरिदिने अनुराेध पनि गरेका छन्।