प्रधानमन्त्रीद्वारा महान अभिनेता राज कपूरलाई उनको १००औँ जन्मजयन्तीमा श्रद्धाञ्जली अर्पण

00-1-Raj-Kapoor

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आज महान अभिनेता राज कपूरलाई उनको १००औँ जन्मजयन्तीमा श्रद्धाञ्जली अर्पण गरे। उनले राज कपूरलाई एक दुरदर्शी चलचित्र निर्माता, अभिनेता र सदावहार शोम्यानको रूपमा वर्णन गरे। राज कपूरलाई केवल चलचित्र निर्माता मात्र नभई सांस्कृतिक राजदूत, जसले भारतीय सिनेमालाई विश्व मञ्चमा पुर्याए, भनी उल्लेख गर्दै प्रधानमन्त्री मोदीले भने, ‘चलचित्र निर्माता र अभिनेताहरूको पुस्ताले उनीबाट धेरै कुरा सिक्न सक्छन्।‘ उनले एक्समा एक थ्रेड पोस्टमा लेखे: “आज, हामी महान अभिनेता राज कपूरको १००औँ जन्मजयन्ती मनाउँदैछौं। उनी एक दुरदर्शी चलचित्र निर्माता, अभिनेता र सदावहार शोम्यान थिएl उनको प्रतिभाले पुस्तौंपुस्तालाई प्रभावित गर्‍यो र भारतीय तथा विश्व सिनेमामा अमिट छाप छोड्यो। श्री राज कपूरको सिनेमा प्रतिको जुनून सानै उमेरदेखि शुरू भएको थियो, र उनी एक अग्रणी कथावाचकका रूपमा उभिनका लागि कडा मेहनत गरे। उनका चलचित्रहरू कलात्मकता, भावना र यहाँसम्म कि सामाजिक अवस्थाहरूको मिश्रण थिए। तिनीहरूले सर्वसाधारण नागरिकहरूको आकांक्षा र संघर्षहरूलाई चित्रण गर्थे। “राज कपूरका चलचित्रका उत्कृष्ट पात्र र अविस्मरणीय धुनहरू संसारभरका दर्शकहरूले मन पराउँछन्। मानिसहरू उनको कृतिहरूको प्रशंसा गर्छन्, जसले सहजता र उत्कृष्टताका साथ विविध विषयहरूलाई चित्रण गर्छ। उनका चलचित्रको संगीत पनि अत्यन्तै लोकप्रिय छ। श्री राज कपूर केवल चलचित्र निर्माता मात्र नभई सांस्कृतिक राजदूत पनि थिए। उनले भारतीय सिनेमालाई विश्व मञ्चमा पुर्याए। चलचित्र निर्माता र अभिनेताहरूका धेरै पुस्ताले उनीबाट धेरै कुरा सिक्न सक्छन्। म फेरि एकपटक उनलाई श्रद्धाञ्जली अर्पण गर्दछु र रचनात्मक क्षेत्रमा उनको योगदानलाई सम्झिन्छु।” –पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement