नाम्ची: अल सिक्किम गभर्मेन्ट ड्राइभर्स एसोसिएसन, नाम्ची जिल्ला शाखाले आज जिल्ला वन परिसर, नाम्चीमा स्वेच्छिक ‘सफाई अभियान’ आयोजना गर्यो। यस अभियानको उद्देश्य नाम्ची र छेउछाउका क्षेत्रमा सफाईको प्रवर्धन गर्नु र स्वच्छ पर्यावरणको संरक्षण गर्नु रहेको थियो। यस एकदिने सफाई अभियानमा उत्साहजनक सहभागिता देखियोl यसलाई संस्थाका उपाध्यक्ष सुनील सुब्बा, महासचिव मिङ्मा छिरिङ लेप्चा, समन्वयक हरमुस सुमन र अन्य सदस्यहरूको उपस्थितिमा सञ्चालन गरियो। -आईपीआर