सोरेङमा साइबर सुरक्षाबारे सचेतना कार्यक्रम

IMG-20241213-WA0280

गान्तोक: सिक्किम भारतको एक अभिन्न अङ्ग भएको पचास वर्षको उपलक्ष्यमा साइबर सुरक्षामाथि एक सचेतना कार्यक्रम सोरेङको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। सूचना प्रविधिद्वारा आयोजित यस कार्यक्रममा आइटीका संयुक्त निर्देशक असिम तामाङ, महकुमा अधिकारी (मुख्यालय) प्रेम के.सुब्बा, महकुमा अधिकारी सनी खरेल लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै महकुमा अधिकारी सनी खरेलले साइबर सुरक्षा जागरूकताको महत्त्वमाथि प्रकाश पार्दै सबै सहभागीहरूलाई साइबर घोटालाहरू विरुद्ध सतर्क रहन र व्यापक रूपमा जनतामा जागरूकता फैल्याउनु पर्ने आग्रह गरे। सोही प्रकारले स्रोतवक्ताकोरूपमा उपस्थित निर्मल राईले पावरपोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा साइबर सुरक्षासँग सम्बन्धित विभिन्न विषयहरूमा जोड दिए, जसमा साइबर सुरक्षाको उद्देश्य अनधिकृत पहुँचको नियन्त्रण, जोखिम न्यूनीकरण, सुरक्षा जागरूकता बढाउने, साइबर सुरक्षा आक्रमणका स्रोतहरू, विभिन्न प्रकारका साइबर खतरा र अपराधहरू, कमजोर साइबर सुरक्षाको परिणाम र दुई-कारक प्रमाणीकरणको महत्त्वलाई समावेश गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement