गान्तोक: महिला एवं बाल विकास विभागको पहलमा आज बेटी बचाऔं बेटी पढाऔं योजनालाई ध्यानमा राख्दै लैङ्गिक अनुपात, बालिकाको अस्तित्व र संरक्षण सुनिश्चित गर्ने’विषयमा केन्द्रित बेटी बचाओ बेटी पढाओ सम्बन्धी जागरूकता कार्यक्रम आयोजना गरिएको हो। नाम्ची जिल्लाको घुर्पिसेको सिक्किम अल्पाइन युनिभर्सिटीको प्रेक्षागृहमा आयोजित कार्यक्रममा सिक्किम अल्पाइन युनिभर्सिटीका उप रेजिस्ट्रार सरिना सुब्बा, जिल्ला नोडल अधिकारी सोफिया लेप्चा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सिक्किम अल्पाइन विश्वविद्यालयकी उपरजिस्ट्रार सरीना सुब्बाले ‘बेटी बचाओ बेटी पढाओ’ भन्ने महत्वपूर्ण विषयमा संवेदनशीलताको लागि कृतज्ञता व्यक्त गरिन्। उनले मानसिक स्थिरताको महत्त्वमाथि जोड दिँदै आजको पुस्तामा मानसिक स्वास्थ्य एक आवश्यक कारक बनेको प्रकाश पारिन्। यसका साथै उनले विद्यार्थीहरूलाई लागू पदार्थको दुरुपयोगबाट बाँच्न प्रोत्साहित गरिन्। यसै क्रममा संरक्षण अधिकारी मेघा प्रधानले विद्यार्थीहरूलाई बाल न्याय ऐन र पोक्सो ऐनको बारेमा विस्तृत रूपमा जानकारी दिइन्। उनले यी कानूनका प्रमुख प्रावधानहरूमाथि प्रकाश पार्दै यसको उल्लङ्घनका लागि सजायहरूको रूपरेखा प्रस्तुत गरिन्। उनले बालबालिकाको अधिकार र कल्याणको सुरक्षाको महत्त्वमा थप जोड दिइन्। सोही प्रकारले मेडिकल अधिकारी डा. मिसु छेत्री राज्यमा लागूपदार्थको दुरुपयोगबारे चिन्ता व्यक्त गर्दै व्यक्ति र समुदायमा यसको परिणाम नकारात्मक हुने सुझाउ दिइन्।
उनले महिलाको प्रजनन स्वास्थ्यमा लागूपदार्थको दुरुपयोगको हानिकारक प्रभावबारेमा पनि अवगत गराउँदै दीर्घकालीन शारीरिक र भावनात्मक परिणामबारे जानकारी गराइन्। यसरी नै सोफिया लेप्चाले २२ जनवरी २०१५ मा प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा शुरू गरिएको राष्ट्रिय पहल बेटी बचाओ बेटी पढाओ अभियानको बारेमा गहन कार्यक्रममा उपस्थित मानिसहरूसँग अन्तक्रिया गरिन्। उनले यस योजनाको प्राथमिक उद्देश्य बालिकाहरूको लागि शिक्षाको महत्त्वलाई प्रवर्द्धन गर्दै लैङ्गिक पूर्वाग्रह र भेदभाव विरुद्ध लड्नु रहेको बताइन्।