पाकिम: सिक्किम राज्य सहकारी संघ (सिकोन) का कर्मचारीहरूका लागि खाना परिकार बनाउने र आतिथ्य प्रबन्धन सम्बन्धी एक दिने आधारभूत प्रशिक्षण कार्यक्रम गरियो। आज पूर्व सिक्किमको रुम्तेकको साजोङस्थित होटल म्यानेजमेन्ट कलेजको सहकार्यमा भएको तालिममा व्यवहारिक जानकारी दिएको थियो। तालिममा स्रोतवक्ताहरू निमा छोडेन लाचुङपा र सुमन सिन्हाले विभिन्न परिकार तयारीबारे जानकारी गराए। यसबीच होटल उद्योगमा धेरै रोजगारको माग भएको जानकारी गराउँदै आफ्ना अनुभवहरू साझा गरेका थिए। मुख्य गरि यससम्बन्धी आधारभूत शिष्टाचार, स्वच्छता र सरसफाइ अभ्यासहरू, सर्भिस लुगाफाटा अतिथि सत्कार आदिबारे जानकारी गराएका थिए। सिकोनका होस्टेल कर्मचारीहरूका लागि तयार पारिएको उक्त तालिमले व्यवसायिक पेशामा भरपूर लाभ पुग्ने जानकारी स्रेतवक्ताहरुले दिएका थिए।