स्टार ज्याभलिन थ्रोअर नीरज चोपड़ाका प्रतियोगिता कलाकृतिहरू विश्व एथलेटिक्सको संग्राहलयमा सामेल

IMG-20241213-WA0276

नयाँ दिल्ली: दुईपल्टका ओलम्पिक पदक विजेता भारतका स्टार ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ा र विश्व एथलेटिक्स महिला फील्ड इभेण्ट एथलीट अफ् द ईयर यूक्रेनकी यारोस्लावा महुचिख ती २३ एथलीटहरूमा सामेल छन् जसको प्रतियोगिता कलाकृतिहरू (कम्पीटिशन आर्टीफ्याक्ट्स) विश्व एथलेटिक्स विरासत संग्रहमा सामेल गरिएको छ। विश्व एथलेटिक्स संग्रहालय (एमओडब्ल्यूए)-ले एथलीटहरूको कलाकृतिहरू अनलाइन थ्री डी प्ल्याटफर्ममा प्रदर्शित गर्नेछ। विश्व एथलेक्टिसका अध्यक्ष सेबेस्टियन कोएले भनेका छन्, ‘ती एथलीटहरूलाई धन्यवाद जसले २०२४ मा हाम्रो संग्रहालमा संग्रहको निम्ति आफ्नो प्रतियोगिताको लुगा, जुत्ता र पदकसमेत दान गरेका छन्। यस साल हामीलाई १९६० को दशकका दुई दिग्गज व्योमिया टायस र बिली मिल्स र १९८० ओलम्पिकको १०० मीटर च्याम्पियन एलन वेल्स तथा २००० र २००८ को ओलम्पिक हेप्टाथलन स्वर्ण पदक विजेता क्रमशः डेनिस लुईस र नतालिया डोब्रिन्स्काबाट ऐतिहासिक ओलम्पिक जितेको वस्तु प्राप्त भएको छ। पेरिस २०२४ पदक विजेताहरू यारोस्लावा महुचिख, थिया लाफान्ड र नीरज चोपड़ाबाट कलाकृतिहरू पाउँदा गर्व महसुस भइरहेको छ।’ उल्लेखनीय छ, नीरजले २०२०-को टोक्यो ओलम्पिकमा स्वर्ण अनि यस साल पेरिस ओलम्पिकमा रजत पदक जितेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement