आवास योजनाको माग गर्दै सीपीएमकाे विरोध प्रदर्शन

Capture3-8

नक्सलबारी: सीपीएम नक्सलबारी एरिया कमिटीले नक्सलबारी बीडीओलाई आवास योजना अन्तर्गत घरको माग गर्दै ज्ञापनपत्र बुझाउँन गएका समूहले बीडीओ भेट्न नसकेपछि कार्यालयको गेट बन्द गरेर विरोध प्रदर्शन गरेका छन्।आन्दोलनकारीले आवास योजनाको अन्तिम सूचीबाट कयौं चिया मजदुरको नाम हटेको बताइएको छ। सीपीएम नक्सलबारी क्षेत्र समितिका सदस्यहरू आज नक्सलबारी पानीघाट्टा मोडबाट र्‍याली निकली बीडीओ कार्यालय पुगेर सूची फेरि सार्वजनिक गर्न माग गर्दै ज्ञापनपत्र बुझाए। अन्ततः एक घण्टा पछि बीडीओले ज्ञापन पत्र स्वीकार गरे। त्यसपछि नक्सलबारी राज्य सडक अवरुद्ध गरी विरोध प्रदर्शन गरिएका थिए। सात दिनभित्र नयाँ नामावली सार्वजनिक नगरे आन्दोलन गर्ने र सीपीएम नेता गौतम घोषले जिल्ला अधिकारीको कार्यालय घेराव गर्ने चेतावनी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement