सिलगढी: एक बालिकालाई दुष्कर्म गरेको आरोपमा अदालतले २५ हजार रुपियाँ जरिवानासहित २० वर्षको जेल सजाय सुनाएको छ। जरिवाना नतिरे थप ६ महिना जेल सजायको फैसला भएको छ। सिलगढी क्षेत्रका निवासी एक व्यक्तिले सन् २०१७ मा ६ वर्षीया बालिकालाई चकलेट खुवाएर दुष्कर्म गरेको बताइएको छ। घटनाबारे थाहा पाएपछि पीडित बालिकाका अभिभावकले पुलिसमा उजुरी दिएपछि आरोपीलाई पक्राउ गरेका थिए। यसपछि सुनुवाइ शुरु भयो। दुई वर्षअघि अभियुक्त जमानत पाएको भए पनि मुद्दाको कारबाही चलिरहेको थियो। न्यायाधीशले बिहीबार आरोपीलाई दोषी ठहर गरे। उनलाई शुक्रबार सजायको घोषणा गरियो।