दार्जीलिङ: दार्जीलिङ नजिक लोधोमामा जारी शहीद दिवाकर राई स्मृति नक्आउट विण्टर कप फूटबल टुर्नामेण्टमा १०७ टीए (टेरिटोरियल आर्मी) ले क्वार्टर फाइनलमा स्थान बनायो। नव संगम क्लब, लोधोमाको तत्त्वावधानमा आयोजित यस टुर्नामेण्टअन्तर्गत स्थानीय मैदानमा शुक्रवार खेलिएको पहिलो चरणको अन्तिम म्याचमा १०७ टेरियोरियल आर्मीले रेड हर्स फूटबल क्लब (इलाम, नेपाल) विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट लाक्पा तामाङले ११औं र एन्थोनी छेत्रीले ५१औं मिनटमा गरे। यसरी रेड हर्स फूटबल क्लबबाट नितेश गुरुङले ३७औं मिनटमा गोल गरे। विजेता टीमका मीडफिल्डर वांगदेन तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। यस नाइन ए साइड टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ अनि फाइनल ३१ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथ ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथ २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।