सिन्कोना गोल्ड कपः केएफसी-लाई पराजित गरी सेमिफाइनलमा पुग्यो दार्जीलिङ पुलिस

photocollage_2024121320116556

कालेबुङ: मंगलधुरा कल्याण समिति, संगसीर कमानको तत्त्वावधानमा आयोजित सिन्कोना गोल्ड कप फूटबल टुर्नामेण्टमा दार्जीलिङ पुलिसले रोमाञ्चक जीत हासिल गरी सेमिफाइनलमा स्थान बनायो। मंगलधुरा खेल मैदानमा शुक्रवार भएको तेस्रो क्वार्टर फाइनल म्याचमा दार्जीलिङ पुलिसले कञ्चनजंघा फूटबल क्लबविरुद्ध पेनल्टी शूटआउटमा ५-४-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। यस सेवेन ए साइट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २२ दिसम्बरमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement