जलपाईगढी: आबकारी विभागका आयुक्त सुजित दासको नेतृत्वमा छापा मारेर करिब ३१ लाख रुपियाँको अवैध रक्सी बरामद गरिएको छ। सेभोक पुलिस चौकीअन्तर्गत कालीझोडाको प्रणामी मन्दिर रोड इलाकामा रहेको एउटा घरमा छापा मार्दा ठूलो परिमाणमा सिक्किमको रक्सी बरामद भएको छ। छापा मार्दा कुल ३०३ कार्टुन बियर र धेरै नामी कम्पनीको रक्सी बरामद भएको छ। बरामद गरिएको रक्सीको मूल्य करिब ३१ लाख रुपियाँ रहेको अनुमान गरिएको छ। तर, घटनामा संलग्न कसैलाई पनि पक्राउ गरिएको छैन।
