मङपू: आज मङपू जन मैदानमा शिक्षक देवलाल मोक्तानको अध्यक्षतामा मङपू क्षेत्रभरका भरिका पाठशालाहरुलाई लिएर विभिन्न खेलकुद प्रतियोगिता सप्पन्न भयो। मङपू वरिपरि प्राथमिक पाठशालाका नानीहरु परेड (मार्चपास) खेले भने परेडको सलामी समारोहका प्रमुख अतिथि रतन थापाले लिए। आज विद्यार्थीहरु माझ १०० मिटर, दौड २०० मिटर दौड अनि विभिन्न खेलकुद प्रतियोगिताहरु सप्पन्न भयो। विभिन्न खेलकुदमा समारोहमा बिजय प्रतियोगीहरुलाई आजको विशिष्ट अतिथि जिल्ला पाठशाला परिषदका अध्यक्ष तिलक चन्द्र रोका, जनसम्पर्क अधिकारी विज्ञान मिश्र, मङपू सर्कल एसआई उतम राई, शिक्षक शिशिर राई, मुन्ना पाख्रीन अनि अन्य अतिथिगणको बाहुलीबाट पारितोषिक वितरण गरियो। शिक्षक सुदेश थापाले स्वागत वक्तव्य राखेको खेलकुद समारोहमा मङपू सरस्वती विधालयका एनसीसी ग्रुपले परेड अनि ब्यन्ड डिस्प्ले गरे। यसरी मङपू वरिपरि विधालयका केटीहरु माझ म्यारथन दौड प्रतियोगिता रखिएको थियो जसमा लाब्दा निम्न उच्च माध्यमिक विधालयबाट महिमा राई प्रथम, जिज्ञासा राई दोस्रो अनि श्रीयासा राईले तेस्रो स्थान ओगट्न सफल रहेl विजयी प्रतियोगीहरुलाई समारोहका प्रमुख अतिथिको बाहुलीबाट पुस्कार हस्तान्तरण गरियो। आजको खेलमा मङपू युनाइटेड भेटेरेन फुटबल संघले सहयोग पुर्याएका थिएl सर्वाधिक अंक हासिल गर्दै शिक्षा ज्योति प्राथमिक पाठशाला च्यम्पियन बन्न सक्षम बने। खेलकुदको संचालन शिक्षक विभेक दाहाल, श्रवण छेत्री साथै शिक्षिका रन्जना प्रधान अनि भवना लामाले गरेका थिए भने धन्यवाद ज्ञापन शिक्षक सुदेश थापाले गरे।