ढुङ्गा झरेर भत्किएको घर  उत्तम राईले निर्माण गरिदिएपछि आज हस्तान्तरण गरियो

IMG-20241213-WA0193

दार्जीलिङ: तकदाह टिस्टा भ्याली समष्टिअन्तर्गत कालेबुङ खण्ड एक ग्राम पञ्चायतभित्र पर्ने तारजम बस्ती निवासी लाडुप लेप्चाको घर गत वर्ष १५ सेप्टेम्बर २०२३ को दिन माथीबाट ढुङ्गा झरेर भत्किएको थियोl उक्त घरको नवनिर्माण कालेबुङ खण्ड एक ग्राम पञ्चायत समितिका उपसभापति लोहापुल निवासी उत्तम राईले निर्माण गरिदिएका छन्। पास्टर लेन्डुप लेप्चाको देखरेखमा निर्माण भएको घर आज पञ्चायत उपसभापति उत्तम राईको बाहुलीबाट उद्घाटन  गरिएपछि लाडुप लेप्चाको परिवारलाई हस्तान्तरण गरिएको छ। यसरी आफ्नो घर नयाँ निर्माण गरिदिएकोमा लाडुप लेप्चाले कालेबुङ खण्ड एक उपसभापति उत्तम राई अनि चर्चका सम्पूर्ण सदस्यहरुप्रति आभार व्यक्त गरेका छन्। स्मरण रहोस् उत्तम राईले यस भन्दा अघि रम्बी प्राथमिक स्वस्थ्य केन्द्रको पानीको व्यवस्था गर्नको साथै अन्य थुप्रै समाजिक  कामहरु गर्दै आइरहेक छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement