वीरगन्ज नाकाबाट डिजेलको आयात घटयो

IMG-20241213-WA0234

बिरगंज: पर्साको वीरगन्ज नाकाबाट डिजेल आयातमा घटेको छ। चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात नौ दशमलव ४१ प्रतिशतले घटेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।
डिजेल आयात घटेसँगै राजस्व पनि १५ दशमलव १६ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०२३/२४ को चार महिनामा रु. २१ अर्ब ८४ करोड आठ लाख ७६ हजारको दुई लाख ४६ हजार सात सय १९ किलोलिटर डिजेलको आयात भएको थियो। गत आर्थिक वर्षको सोही अवधिमा भने रु. ३० अर्ब १७ करोड ७६ लाख ४८ हजारको डिजेल आयात भएको थियो।
प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पेट्रोलियम पदार्थ, सवारीसाधन र कच्चापदार्थको आयात घट्दा राजस्व संकलनमा असर परेको बताए । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्यांकरबाट नै पैठारी हुँदै आएको छ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले चालु आर्थिक वर्षको कात्तिक महिनासम्म निर्माण क्षेत्र ठप्प रहेकाले डिजेल आयात घटेको बताउनुभयो। उहाँले भन्नुभयो, ’सरकारले निर्माण क्षेत्रलाई चलायमान गराउन जरुरी छ। त्यसो नगरे पुँजीगत खर्च बढ्दैन।’
त्यसैगरी, चालु आवको चार महिनामा रु १२ अर्ब ४२ करोड ६१ लाख ३७ हजारको एक लाख ४२ हजार आठ सय ६५ किलोलिटर पेट्रोल आयात भएको छ।
गत आर्थिक वर्षको सो अवधिमा रु १३ अर्ब १८ करोड ४९ लाख ९० हजारको एक लाख २९ हजार एक सय २६ किलोलिटर पेट्रोल आयात भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement