रेलवे कर्मचारी युनियनको चुनावमा इम्प्लोइज युनियनको जीत

IMG-20241213-WA0208

इम्प्लोइज युनियन खरसाङ शाखाद्वारा खुशीयाली मनाइयो

खरसाङ: विगत ४ देखि ६ दिसम्बरसम्म भएको रेलवे कर्मचारी युनियनको चुनाव एनएफ रेलवे ईम्प्लोइज युनियनले जितेको छ। चुनाव जितेको अवसरमा एनएफ रेलवे ईम्प्लोइज युनियन खरसाङ शाखाद्वारा खुशीयाली मनाइएको छ। विभागीय कर्मचारीहरुको युनियनको पंजीकरण नविनिकरण, पुर्नबहाली या पर्याप्त मापदण्ड अनुरूप स्टाफ भोट प्राप्त नगरे पंजीकरण रद्ध हुने व्यवस्था भएको सिक्रेट व्यालेट चुनाव या गोपनीय मतदान चुनाव २०२४, विगत ४ दिसम्बरदेखि ६ दिसम्बर २०२४ मा सम्पूर्ण भारतीय रेलमा चुनाव सम्पन्न भएको थियो। चुनावको भोट गणनापछि एनएफ रेलवे ईम्प्लोपज युनियनलाई सर्वाधिक भोटे पाएको जानकारी प्राप्त भएको छ। यसको साथै यो जितसितै युनियनको पंजीकरण फेरि आउँदो पाँच वर्षको निम्ति नवीकरण गरिएको बताइएको छ। यस युनियनले पहाडका रेल कर्मचारीहरुको हितार्थ धेरै अग्रणी भूमिका निभाएको बताइएको छ। एनएफ रेलवे इम्प्लोइज युनियन खरसाङ शाखा सचिव विशाल मुखिया, अध्यक्ष डिमु लेप्चा अनि कार्यकारी अध्यक्ष रमेश कुमार रसाईलीले सबै दार्जिलिङ हिमालयन रेलवे कर्मचारीहरुलाई हार्दिक बधाई दिँदै यस जनमतले युनियनको कार्यको सठीक मूल्यांकन गर्दै यस युनियनलाई नै अधिक रूचाउँदै शीर्ष स्थानमा पुराएका छन्।

उनीहरूले आ आफ्नो भाषणमा कर्मचारीहरुको भलाईको कार्यमा अझैं नयाँ जोश र संकल्प लिएर काम गर्दै जाने घोषणा गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement