काठमाण्डू: हास्यकलाकार केदार घिमिरे ‘माग्नेबुढा’ एउटै चलचित्रबाट ६० लाख रुपैयाँसम्म पारिश्रमिक लिने पहिलो कलाकार बनेका छन्। एउटै नेपाली चलचित्रमा कलाकारलाई निर्माताले तिरेको यो सबैभन्दा धेरै पारिश्रमिक हो। नायक अनमोल केसीले यसअघि सबैभन्दा धेरै ५० लाख रुपैयाँ पारिश्रमिक लिएको समाचार सार्वजनिक भएको थियो।