मिरिक क्षेत्रमा अर्ना भैंसीको आतंक जारी

IMG-20241213-WA0180

मिरिक: मिरिक महकुमा अन्तर्गत मिरिक नगरपालिकाको वार्ड नम्बर ६ काँउले गाउँ सनराइज छेउ बिहीबार दिनभरि अर्ना भैसीले आतंक मच्चाएपछि आज दोस्रो दिन शुक्रबार मिरिक नगरपालिकाको वार्ड नम्बर नाै साेह्रसाले गाउँमा अर्नाकाे आतंक रह्याे। काँउलेबाट सिधैँ अर्ना साेह्रसाले सरेपछि दिनभरि नै अर्नाकाे आतंक गाउँमा रह्याे।यद्यपि हालसम्म अर्नाले साेह्रसाले गाउँमा कुनै क्षति गरेकाे छैन।

गाँउमा अर्ना पसेपछि मिरिक थानाका पुलिसकर्मी, वनकर्मी अनि अधिकारीहरू पनि उपस्थित थिए। यता बिहीबार काँउले गाउँकाे शशी राईकाे घरभित्र अचनाक अर्ना पस्दा घरलाई क्षति गरेकाे थियाे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement