जलपाईगढी: भारत र बंगलादेशबीच हिन्दूमाथि हुने अत्याचारलाई लिएर निकै तनाव भइरहेको छ। यसैबीच आज भाजपाका वरिष्ठ नेता दिलीप घोषले भारत–बंगलादेश सीमामा पुगेर सैनिकलाई भेटेर हौसला दिएका छन्। उनले जलपाईगढी जिल्लाको बहादुर ग्राम पञ्चायतको भाटपारा सिमानामा आफ्ना समर्थकहरूसँग केही दुरीसम्म जुलुस निकालेको थियो। उनीसँगै बीएसएफका जवान पनि थिए। यस क्रममा उनले सैनिकहरूसँग कुरा गरे र उनीहरूलाई प्रोत्साहन दिए। दिलीप घोषको साथमा जलपाईगढी जिल्ला अध्यक्ष बापी गोस्वामी र अन्य तृणमूल नेताहरू र कार्यकर्ताहरू र गाउँलेहरू पनि उपस्थित थिए। बंगलादेशमा हिन्दूमाथि भएको अत्याचारको विरोध गर्न र बंगलादेशी कट्टरपन्थीलाई कडा सन्देश दिन दिलिप घोष आज सीमामा पुगे। सीमामा केही दुरीको यात्रा पनि गरे।