अयोध्या: अयोध्याको भक्तमाल आश्रममा आयोजित यस सम्मेलनमा भारतका १८ राज्यहरू र नेपालका सात प्रदेशहरूबाट ७०० भन्दा बढी प्रतिनिधिहरूले भाग लिइरहेका छन्। प्रतिनिधिहरूमा झण्डै ५० प्रतिशत महिलाहरूको सहभागिता रहेको छ। नेपाली समाजका सबैको बाक्लो उपस्थिति रहेको छ। प्रतिनिधिहरूले बिहान अयोध्या धाम परिक्रमा गर्दै शोभायात्राका साथ भव्य श्रीराम मन्दिरको दर्शन पूजन गरे। अपरान्ह अढाई बजेदेखि मंगलाचरण, दीप प्रज्वलनका साथ सम्मेलनको उद्घाटन गरियो। उद्घाटनको अवसरमा बंगलादेशमा अल्पसंख्यक हिन्दू बौद्ध ईसाईहरूमाथि भइरहेको हमला विरूद्ध कडा निन्दा प्रस्ताव पारित गरियो।

प्रस्तवमा बंग्लादेश सरकारसित अल्पसंख्यकहरू माथि जेहादी मुस्लिमहरूले गरिरहेको हमला, हत्या, पूजा स्थल तोडफोड आगजनी लुटपाट तत्काल बन्द हुनुपर्ने तथा हमलाकारीहरू बिरूद्ध कडा करवाही गर्ने माग गरिएकोछ। प्रस्तावमा भारत सरकारसित बंगालादेशमा रहेका अल्पसंख्यकहरूको ज्यानमाल मठ मन्दिरहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्ने विशेष अनुरोध गरिएकोछ। परिषदका मुख्य संरक्षक इन्द्रेश कुमार, बडाभक्तमालका महन्त अवधेशा कुमार महाराज, परिषदका अन्तर्राष्ट्रिय कार्याध्यक्ष अशोक चौरसिया आदिले सम्मेलनको उद्घाटन गरे। सम्मेलन १५ दिसम्बरको दिन दिउँसो सम्पन्न हुनेछ। सम्मेलनमा पश्चिम बंगालको गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन इलाका, सिलगढी, तराई डुवर्सबाट १०९, सिक्किमबाट ५४, पूर्वोत्तर भारतबाट २३ संख्या रहेकोछ जानकारी परिषदकी प्रचार सचिव रोशनी छेत्रीले जानकारी गराएकी छन्।