पाकिस्तान टेस्ट टीमका मुख्य प्रशिक्षक गिलेस्पीद्वारा पदत्याग

IMG-20241213-WA0153

इस्लामाबाद: यस साल अप्रेलमा पाकिस्तानी टेस्ट टीमको मुख्य प्रशिक्षक नियुक्त हुने अष्ट्रेलियाका पूर्व पेस बलर जेसन गिलेस्पीले पदत्याग गरेका छन्। गिलेस्पीको अनुपस्थितिमा दक्षिण अफ्रिकामा हुने आउँदो टेस्ट सीरीजमा पाकिस्तानको वनडे र टी२० टीमका मुख्य प्रशिक्षक आकिब जावेदले टीमलाई सम्हाल्नेछन्। गिलेस्पीको मार्गदर्शनमा पाकिस्तानको क्रिकेट टीमले गत अक्टोबर महिना ईंग्ल्याण्डविरुद्ध ३ वटा टेस्ट म्याचको घरेलु टेस्ट सीरीजमा १-०-ले पछाड़िएपछि जीत हासिल गरेको थियो। आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीप टेबलमा अहिले सातौं स्थानमा रहने पाकिस्तान अगावै फाइनलको दौड़बाट बाहिर भइसकेको छ अनि टीमले जारी चक्रमा अझ चारवटा टेस्ट म्याच खेल्नेछ। गिलेस्पीले पद छोड़े पनि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-बाट चाहिँ यस विषयमा कुनै बयान जारी गरिएको छैन। यसअघि सीमित ओभरहरूका प्रारूपमा पनि दक्षिण अफ्रिकाका ग्यारी कर्स्टनले मुख्य प्रशिक्षकको पद छोड़ेका थिए। सूत्रबाट थाहालागे अनुसार, पीसीबी-ले टीमका सहायक प्रशिक्षक टिम नीलसनको अनुबन्धलाई नवीनीकरण गर्न अस्वीकार गरेका थियो। बोर्डको त्यस फसेलासँग गिलेस्पी असन्तुष्ट थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement