गान्तोक: सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले आपदा प्रबन्धन (संशोधन) विधेयक, २०२४ को स्वागत जनाएका छन्। सांसद सुब्बाले आज लोकसभा सत्रमा आपदा प्रबन्धन (संशोधन) विधेयक, २०२४ माथि चर्चामा भाग लिॅंदै सिक्किम क्रान्तिकारी मोर्चाको तर्फबाट उक्त विधेयकलाई स्वागत जनाए।
सांसद सुब्बाले आफ्नो सम्बोधनमा सिक्किम जस्तो कमजोर क्षेत्रहरूका लागि विधेयकको महत्वमाथि जोड दिए, जहॉं पैह्रो र ग्लेशियल लेक आउटबर्स्ट फ्लड जस्ता प्राकृतिक आपदा निरन्तर भइरहने गर्दछ। उनले ग्लेशियल लेक आउटबर्स्ट फ्लड उत्पन्न जोखिमहरू कम गर्न रोक्ने रोकथाम कदम चाल्नुपर्ने बताए।
यस अतिरिक्त उनले आपदा शमन योजना र निर्णय लिने प्रक्रियाहरूमा विधायक र पञ्चायतहरूको भागीदारी सुनिश्चित गर्न एक रूपरेखाको निम्ति आह्वान गरे। सांसद अनुसार, प्रभावी र टिकाउ आपदा प्रबन्धन रणनीतिहरू विकसित गर्नका लागि समुदाय आधारित अन्तर्दृष्टि आवश्यक छ।
सांसद सुब्बाले सरकारको प्रयासको सराहना गर्दै यस बिलमा संशोधनले आपदा प्रबन्धन प्रणालीलाई बलियो बनाउने छ र सिक्किम जस्ता कमजोर क्षेत्रहरू लाभान्वित हुनेछन् भनी आशा व्यक्त गरे। उनले सबै नागरिकहरूको निम्ति एक सुरक्षित अनि अझ धेरै लचिलो भविष्यका लागि सामूहिक रूपमा काम गर्ने आफ्नो प्रतिबद्धता दोहोऱ्याएको प्रेस विज्ञप्तिमा उल्लेख छ।