हावडाको ड्रेनेज क्यानल रोडको नाम अब महान फुटबलर दिवंगत शैलेन मान्नाको नाममा

IMG-20240717-WA0003

हावडा: हावडाको ड्रेनेज क्यानल रोडको नाम अब महान फुटबलर दिवंगत शैलेन मान्नाको नाममा राखिएको ​छ। मुख्यमन्त्री ममता ब्यानर्जीले बिहिवार उक्त सडकको उद्घाटन ​गरिन्।
उक्त निर्णय उनले दुई दिन अघि आफ्नो दीघा भ्रमण अवधि लिएकी थिइन्।
मंगलवार दीघा जाने क्रममा मुख्यमन्त्रीले डुमुरजला हेलीप्याड ग्राउण्डबाट जिल्ला प्रशासनलाई ड्रेनेज क्यानल रोडको नाम परिवर्तन गरेर शेलेन मान्ना राख्न निर्देश दिएकी थिइन्। यसका साथै उनले क्षेत्रको सुन्दरीकरण गर्न र महिलाहरूका स्वयं सहायता समूहलाई स्टल लगाउन व्यवस्था गर्न लगाएकी थिइन्।
जिल्ला प्रशासनले तत्काल कारबाही गर्दै सडकको नामकरण र सजावटको काम पूरा गरेको छ। मुख्यमन्त्री दीघाबाट फर्किएपछि डुमुरजला हेलीप्याडमा ओर्लिन् र त्यहॉंबाट पैदल ड्रेनेज क्यानल पुगिन्। उनले शेलेन मान्ना सरनी नामक पट्टिकाको अनावरण गरिन् र स्वयं सहायता समूहद्वारा लगाइएका स्टलको निरीक्षण गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement