माङजिङ माध्यामिक विद्यालयको बार्षिकोत्सव सम्पन्न

n64313076217340266511189a45595fb415c209280bf5d9f0f3523af4f010ea5158fd27a2fb5aa57f4bab28

गान्तोक: याङगाङ राङराङ निर्वाचन समष्टि अन्तर्गत माङजिङ माध्यामिक विद्यालयले आफ्नो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ। आज भएको कार्यक्रममा क्षेत्र विधायक तथा सिक्किम विधानसभा उपाध्याक्ष राजकुमारी थापा मुख्य अतिथिको रूपमा उपस्थित रहेकी थिइन्।
सो कार्यक्रममा जिल्ला पञ्चायतका केडी काफ्ले, पञ्चायत बिभागका जिल्ला स्तरीय अध्यक्ष सीएल गुरुङ, एसकेएम पार्टी साहित्य बिभागका महासचिव परशु ढकाल, जिल्ला पञ्चायतका सोमनाथ खनाल, समाजसेवी आरएस भण्डारी र एनबी गुरूङ लगायतको उपस्थित थियो। .
सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम र खेलकुदका माध्यमबाट विद्यार्थीहरूले आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए। कार्यक्रममा मुख्य अतिथिको आशनबाट आफ्नो मन्रातब्य राख्दै राजकुमारी थापाले समाज प्रति दायित्व बोध गराउने उदेश्यबाट कार्यक्रमको आयोजना गरेकोमा विद्यालय प्रबन्धन पक्षप्रति बधाई दिँदै भावी दिनमा विद्यालयको थप सफलताको कामना गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement