सिक्किम हरित बोनसको हकदार छ: सांसद लेप्चा

IMG-20241212-WA0262

गान्तोक: सिक्किमका राज्यसभा सांसद डीटी लेप्चाले केन्द्रीय वन एवं पर्यावरण मन्त्री भुपेन्द्र यादवसँग भेट गरि सिक्किमका विभिन्न महत्वपूर्ण मुद्दाहरुमाथि चर्चा गरेका छन्। नयाँ दिल्लीस्थित मन्त्रीको कार्यालयमा भएको भेटको क्रममा सांसद लेप्चाले सिक्किमको लागि हरित बोनसको आवण्टनको माग पनि उठान गरे। उनले हरित अभियानमाथि सिक्किमले लगातार रुपमा गरेको कार्यको स्मरण गराउँदै सिक्किम हरित बोनसको हकदार रहेको दाबी पनि गरेका छन्। सासंद लेप्चाले पर्यावरणको लागि उल्लेखनीय काम गरिरहेको सिक्किमलाई हरित बोनस आवण्टन हुनपर्ने कुरामा जोड़ दिए। उनले पर्यावरणमा सिक्किमको अलगै विशिष्टता र पर्यावरण संरक्षणमा पुऱ्याएको योगदानमाथि केन्द्र सरकारले निगरानी राख्नुपर्ने उल्लेख पनि केन्द्रीय मन्त्रीसमक्ष गरेका छन्। उक्त भेटको क्रममा केन्द्रीय मन्त्रीले यादवले यस सम्बन्धमा मन्त्रालयले राज्य सरकारलाई पत्र पठाउने आश्वासन दिएका छन्। अर्कोतिर सांसद लेप्चाले महत्वपूर्ण मुद्दामा जेएन रोडका बासिन्दाको जग्गा नियमित गर्ने विषयलाई अगाडि बड़ाएका थिए। यसबीच उनले कुपुप, नाथाङ र जुलुकजस्ता सीमावर्ती क्षेत्रहरूका बासिन्दाहरूले बसोबासो गर्दै आएका जमीनलाई स्थायी गर्ने माग पनि केन्द्रीय मन्त्री समक्ष राखेका थिए। भेटमा उनले उक्त क्षेत्रहरू हाल संरक्षित वन विभागीय अन्तर्गत पर्ने भएकाले लामो समयदेखि यहाँ बसाबासो गर्दै आएका स्थानीय बासिन्दाहरूको घर निर्माण णगरेको जग्गा पक्का नभएको जानकारी पनि दिएका छन्। सांसद लेप्चाले उक्त बासिन्दाहरुको सुरक्षा र अधिकार सुनिश्चित गर्न अनि जमीनको स्थायी समाधान गर्न केन्द्र सरकारलाई आग्रह गरेका छन्। उक् भेटमा केन्द्रीय मन्त्री यादवले सांसद लेप्चाद्वारा राखिएका संवेदनशील मागहरुलाई प्रभावकारीसित अघि बढ़ाउने आश्वसन दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement