गान्तोक: प्रबन्धन प्राधिकरण र राष्ट्रीय आपदा रेस्पोन्स फोर्सको संयुक्त पहलमा आज भूकम्प र पैह्रो सम्बन्धी जिल्लास्तरीय मक ड्रिल आयोजना गरियो। यस अवसरमा एनडीआरएफ, एसएसबी ७२ बीएन, एसएसबी ३६ बीएन लगायत विभिन्न विभागका अधिकारीहरूले सहभागिता जनाएका थिए। आज सम्पन्न भएको मकड्रिल गेजिङ जिल्लाकी अतिरिक्त जिल्लापाल रजनी शर्माको निगरानीमा भएको थियो जसमा पर्यवेक्षक केएससी तोङदेन लेप्चा लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। आज आयोजना गरिएको मकड्रिल ६.२ रिक्टर स्केलको भूकम्प र साक्योङ सडकमा पैह्रोबीच तुलना गर्नु रहेको थियो। यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य विपद्को समयमा व्यवस्थापन र समन्वय गर्दै तार्किक र प्रभावकारी निर्णय लिनेबारे रहेको थियो। आज बिहान गेजिङ बजारदेखि जीएनपी भवनमा भत्किएको र भित्र फसेका ४ जना व्यक्तिलाई सकुशल उद्धार गरी बाहिर निकालिएको वास्तविक समयको अवस्था सिर्जना भएको थियो।
साक्योङ सडकमा पहिरोको परिदृश्य सिर्जना गरिएको थियो जहाँ सडक अवरुद्ध कसरी हटाउन आवश्यक छ, कसरी उद्धार र सुरक्षित रूपमा मानिसहरूलाई बाहिर निकाल्ने तयारी गर्न उद्धार टोलीलाई लगाइएको थियो। एउटा यात्रुवाहक गाडी भित्र दुई जना यात्रु फसेर दुर्घटना भएको दृश्य पनि मकड्रिल अन्तर्गत देखाइएको थियो।
सोही क्रममा अपरान्ह्रको समयमा सडकको पुनःनिर्माण सम्पन्न गरी यात्रुलाई उद्धार गरी जिल्ला अस्पताल गेजिङमा प्राथमिक उपचारको निम्ति लगिएको मकड्रिलमा प्रस्तुत गरियो।