नाम्ची: नाम्ची जिल्ला प्रशासनले सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा विभिन्न कार्यक्रम आयोजन गर्दै आएको छ। यस क्रममा आज सरकारको सूचना प्रविधि विभागको सहकार्यमा साइबर सुरक्षा सचेतना कार्यक्रम आयोजना गऱ्यो। कार्यक्रमको उद्देश्य बढ़दो डिजिटल संसारमा सुरक्षा मापदण्डहरू कायम राख्नुको महत्त्वबारे चेतना जगाउनु थियो। कार्यक्रमले यसबाट हुने सम्भावित खतराहरू र साइबर अपराधहरू विरुद्ध डेटा र उपकरणहरू सुरक्षित गर्ने विषयमा जागरिकता गराएको थियो। नाम्ची जिल्लाका अतिरिक्त जिल्लापाल त्रिसाङ तामाङले आजको युगमा सूचना प्रविधिको महत्वलाई जोड दिइन् र सबैलाई साइबर अपराधहरू विरुद्ध सतर्क रहन आग्रह गरिन्। उनले सहभागीहरूलाई सरकारी ई-सेवा कार्यक्रमबाट लाभ उठाउने आग्रह पनि गरिन्। स्रोतवक्ता निर्मल राईले साइबर सुरक्षाका आधारभूत विषयअन्तर्गत अनलाइन सुरक्षाका लागि अभ्यासहरू, डाटा सुरक्षा र गोपनीयताबारे प्रकास पारेका थिए। कार्यक्रमको क्रममा, आईटी अधिकारीहरूले साइबर ठगीमा सञ्चालित हुने विभिन्न प्रकारका अनलाइन अपराधहरूबारे प्रकास पारेका थिए। कार्यक्रममा आईटी विभागीय अधिकारीहरु लगायत विभिन्न विभागका सरकारी कर्मचारीहरुको उपस्थिति रहेको थियो।