सिंगापुर: भारतीय ग्राण्डमास्टर डी गुकेशले बिहीवार वर्ल्ड चेस च्याम्पियनशीपको १४औं अनि अन्तिम चरणमा चीनका डिंग लिरेनलाई पराजित गरी खिताब जिते। लिरेनलाई पराजित गगरी उनी सबैभन्दा कम्ती उमेरका वर्ल्ड चेस च्याम्पियन बने। उनले केवल १८ सालको उमेरमा इतिहास रचे। आज ६.५ पोइण्ट्सको साथ खेलको शुरुवात भएको थियो। अन्तिम म्याच पनि ड्र तर्फ अग्रसर भइरहेको थियो तर लिरेनको एउटा गल्तीले भारतीय ग्राण्ड मास्टरलाई फाइदा भयो अनि गुकेशले जीत हासिल गरे। भारतीय ग्राण्डमास्टरले लिरेनलाई ७.५-६.५-ले पराजित गरी वर्ल्ड च्याम्पियनशीप आफ्नो नाम गरे। यसरी १२ सालको लामो प्रतीक्षापछि कुनै भारतीयले वर्ल्ड चेस च्याम्पियन बन्ने गौरव हासिल गरे। गुकेशले १८ साल ८ महिना र १४ दिनको उमेरमा खिताब जितेर इतिहास रचे। उनले महान ग्यारी कास्परोवको रेकर्ड तोड़े, जसले २२ साल ६ महिना र २७ दिनको उमेरमा वर्ल्ड च्याम्पियनशीप जितेका थिए। गुकेश अघि भारतका विश्वनाथन आनन्द (२०००-२००२ र २००७-२०१३) विश्व चेस च्याम्पियन रहेका थिए।