दार्जीलिङ: घूम जोरबंग्लो युनाइटेड क्लबको आयोजनमा जारी म्याराडोना मेमोरियल कप फूटबल टुर्नामेण्टमा बीजीवाईयूसी घूमले एकतर्फी हासिल गऱ्यो। घूम स्कूल ग्राउण्डमा बिहीवार भएको म्याचमा बीजीवाईयूसी घूमले एचएलवाईसी विरुद्ध ४-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट सौरभ बराईलीले २ गोल गरे। यसबाहेक रोहन राई र ग्याछो भूटियाले १-१ गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। फाइनल २२ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।