कोलकाता मेडिकल कलेज पूर्वी भारतको उत्कृष्ट अस्पताल घोषित

Hospital-copy

कोलकाता: कोलकाता मेडिकल कलेज एवं अस्पताल पूर्वी भारतको अग्रणी चिकित्सा संस्थानको रूपमा केन्द्रीय निकाय इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) बाट उच्चतम मान्यता प्राप्त गरेको छ। आईसीएमआरले यस अस्पताललाई उत्कृष्ट अनुसन्धान कार्यको लागि यो प्रतिष्ठित स्थान दिएको छ। यससँगै संस्थानलाई १ करोड २५ लाख अनुदान पनि दिइनेछ। कोलकाता मेडिकल कलेजका सुपरिटेन्डेन्ट अञ्जन अधिकारीले उत्कृष्ट अनुसन्धान कार्यका कारण मान्यता पाएको बिहीबार बताए। उनले भने, ‘आगामी दिनमा पनि हाम्रा सेवा र अनुसन्धान कार्यमा थप सुधार गर्ने प्रयास गर्नेछौं।‘ मुख्यतया गत वर्ष गरेको अनुसन्धान कार्यको आधारमा यो सम्मान प्रदान गरिएको हो। कोलकाता मेडिकल कलेजले ७० प्रतिशत अंक ल्याएको छ, जुन पश्चिम बंगालमा मात्र होइन सम्पूर्ण पूर्वी भारतमा सबैभन्दा उच्च हो। आईसीएमआरले गरेको यस योगदानको सन्दर्भमा अस्पतालमा १० करोड रुपियाँको अतिरिक्त बजेट पनि विनियोजन गरिएको छ, जुन कोलकाता मेडिकल कलेज र आईसीएमआरद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको अनुसन्धान कार्यमा प्रयोग गरिनेछ। यस आर्थिक सहयोगबाट कोलकाता मेडिकल कलेजले अनुसन्धानको क्षेत्रमा आफ्नो उत्कृष्टता मात्र प्रमाणित गरेको छैन, साथै संस्थानले आगामी दिनमा चिकित्सा विज्ञानमा अझ महत्त्वपूर्ण योगदान पुर्याउन सक्नेछ भन्ने सुनिश्चित गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement