तेस्रो वार्षिक राज्य स्तरीय खेल महोत्सव जलपाईगढीमा सम्पन्न

IMG-20241212-WA0209

जलपाईगढी: तेस्रो वार्षिक राज्य स्तरीय खेल महोत्सव आज मिलन संघ मैदान जलपाईगढीमा सम्पन्न भयो। यस कार्यक्रमको मुख्य उद्देश्य अहिलेका बालबालिकालाई मोबाइल फोनको अत्याधिक लतबाट मुक्त गराउने र खेलकुदमा रुचि जगाउने थियो। यस खेल महोत्सवमा राज्यका विभिन्न जिल्लाका धेरै खेलाडीहरुको सहभागिता रहेको थियो। कार्यक्रम भव्य र्‍यालीबाट शरु भयो। र्‍यालीमा पुरुलियाको परम्परागत चाउ नृत्य, आदिवासी मदलाको ताल र विभिन्न झाँकीहरू समावेश थिए। र्‍यालीमा विभिन्न विद्यालयका विद्यार्थीहरुले आआफ्नो प्रतिभा प्रदर्शन गरे। यस कार्यक्रममा बालबालिकाहरु प्रविधिको लतबाट बाहिर आएर खेलकुद मार्फत आफुलाई स्वस्थ राख्न उनीहरुको शारीरिक र मानसिक विकासलाई विशेष महत्व दिइन्छ। बालबालिकालाई सही दिशा दिनुका साथै साँस्कृतिक सम्पदाको परिचय गराउन यो कार्यक्रम महत्वपूर्ण कदम मानिएको छ। कार्यक्रममा उपस्थित विभिन्न अतिथि, शिक्षाविद् तथा खेलकुदका व्यक्तिहरुले यस्तो पहलको प्रशंसा गर्दै धेरै भन्दा धेरै युवाहरुलाई खेलकुदमा रुचि राख्न आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement