सिलगढीको झंकार मोड नजिक हाइड्रन्टमा झुण्डिएको अवस्थामा शव देखिएपछि हलचल

IMG-20241212-WA0184

 सिलगढी: सिलगढीको झंकार मोड नजिक विश्वनाथ घोष नामका व्यक्तिको झुण्डिएको शव फेला परेको छ। यसले सम्पूर्ण क्षेत्रमा सनसनी फैलाएको छ। हाइड्रेन्टमा राखिएको मशिनको फलामको पाइपमा उक्त व्यक्तिको शव झुण्डिएको थियो। बिहान स्थानीयवासीले झुण्डिएको अवस्थामा शव देखेपछि खालपाडा पुलिस चौकीमा खबर गरे। मृतक विद्यासागरपल्ली वार्ड नम्बर ७ मा बस्दै आएका थिए। उनी पेशाले टोटो चालक थिए। बुधबार राति १०० रुपियाँ लिएर घरबाट निस्किएका थिए। राति घर नफर्केपछि परिवारले खोजी गर्न थाले। तर भेटिएन। बिहान शहरवासीले विश्वनाथ घोषको झुण्डिएको शव देखे। परिवारका सदस्यहरूले पुलिसलाई जानकारी गराएपछि उक्त व्यक्तिले धेरैसँग ऋण लिएको बताए। उनी मानसिक तनावमा रहेको समाचार छ। आज बिहान शव बरामद गरी पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज र अस्पतालमा पठाइयो। प्रारम्भिक अनुमानअनुसार उनले झुण्डिएर आत्महत्या गरेको हुनसक्छ। तर, पुलिसले यस विषयमा सम्पूर्ण अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement