गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गनिर्देशनमा तथा गरीब जनकल्याण बिभागका प्रमुख संरक्षक प्रभाकर गोलेको विशेष तत्परतामा राज्यका गरिबीको रेखा मुनिका बिरामीहरूका लागि गल ब्ल्याडर स्टोनको नि:शुल्क शल्यक्रिया गर्ने कार्य निरन्तर भइरहेको छ।
यसै क्रममा आज फेरी छैटौं चरणका लागि पश्चिम र दक्षिण सिक्किमका २० बिरामीहरूलाई शल्यक्रियाको निम्ति सिलगढी लैजाने कार्य भएको छ।
मुख्यमन्त्री तामाङको निर्देशनमा बिरामीहरूको शीघ्र उपचारका लागि राज्य बाहिर नि:शुल्क शल्यक्रिया शिविरको आयोजना गरिॅंदै आएको छ भने यस कार्यले बिरामीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ। शल्यक्रियापछि बिभागले बिरामीहरूलाई नि:शुल्क औषधि उपलब्ध गराउने व्यवस्था बिभागले मिलाएको छ।