सिलगढी: गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा सिलगढी पुलिसले अभियान चलाएर तीन जनालाई लुटपाटको आशंकामा पक्राउ गरेको छ। पक्राउ पर्नेमा टिकरापाडा निवासी प्रदीप दास, एनजेपी भुट्टाबारी क्षेत्रका निवासी विभास दत्त र मतिगढा बेलडाँगीका राहुल दास रहेका छन्। गोप्य स्रोको आधारमा पुलिसले बाबुपाडामा अभियान चलाएर तीनै जनालाई पक्राउ गरेको हो। अबेर राति सिलगढीको बाबुपाडा मोड इलाकामा लुटपाट गर्न केही मानिस जम्मा भएको जानकारी पुलिसले पाएको थियो। यसपछि सिलगढी पुलिसले अचानक इलाका सिल गरेको छ। त्यहाँ १० देखि ११ जना लुटपाट गर्न भेला भएको आरोप छ। पुलिस देखेर सबै भागे पनि तीन जनालाई पक्राउ गरेको बताइएको छ। उनीहरुको साथबाट लुटपाटमा प्रयोग गरिने हतियारका साथै धारिलो हतियार समेत बरामद भएको छ। आज पुलिसले सबै आरोपीहरूलाई सिलगढी अदालतमा पेश गर्नेछ।