गेजिङमा जिल्लास्तरीय युवा उत्सव सम्पन्न

n64299868817339412756503da84f09de803f70f5cfa292ac837527fd368bfc33a6f807fdf20e0d7a88da48

गेजिङ: गेजिङ जिल्लाको क्योङसा सरकारी कन्या माध्यमिक विद्यालयको प्रेक्षागृहमा जिल्लास्तरीय युवा उत्सव २०२५ उत्साहजनक मनाइए। उक्त कार्यक्रम राष्ट्रिय युवा उत्सवको एक भागको रूपमा गेजिङ जिल्ला खेलकूद एवम् युवा मामिला विभाग र नेहरू युवा केन्द्रको संयुक्त पहलमा आयोजना गरिएको थियो।
उक्त कार्यक्रममा गेजिङ जिल्लाका अतिरिक्त पुलिस अधीक्षक सोनाम डब्ल्यू. भोटिया मुख्य अतिथि रहेको कार्यक्रममा उनीसँग खेल विभागका संयुक्त निर्देशक निक्जय ल्हामु भोटिया, उप निर्देशक सीबी शंकर लगायत लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेका थियो।
सो अवसरमा घोषणा प्रतियोगिता, कविता लेखन, मोबाइल फोटोग्राफी प्रतियोगिता र चित्रकला प्रतियोगिता लगायत विभिन्न प्रतियोगिताहरु राखिएको थिए। प्रतिभाशाली युवाहरूले यी कार्यक्रमहरूमा आफ्नो रचनात्मक कलाको प्रदर्शन गरेका थिए। विजेताहरुलाई उत्कृष्ट प्रदर्शनको कदर गर्दै ट्रफी र नगद पुरस्कारले सम्मान गरिएको थियाे। कार्यक्रमलाई जीवन्त सांस्कृतिक प्रदर्शनले पनि सभालाई रौनक बनाएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement