म्याराडोना मेमोरियल कपः मेरि भिल्ला दार्जीलिङ विजयी

photocollage_20241211234538903

दार्जीलिङ: घूम जोरबंग्लो युनाइटेड क्लबको आयोजनमा जारी म्याराडोना मेमोरियल कप फूटबल टुर्नामेण्टमा मेरि भिल्ला दार्जीलिङले रोमाञ्चक हासिल गऱ्यो। घूम स्कूल ग्राउण्डमा बुधवार भएको म्याचमा मेरि भिल्ला दार्जीलिङले एसआरएफसी सिमानाविरुद्ध ३-२-ले जीत हासिल गऱ्यो। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। फाइनल २२ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५०००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement