भारतीय महिला क्रिकेट टीमको अष्ट्रेलियामा निराशाजनक हार

IMG-20241211-WA0215

पर्थ: अष्ट्रेलियाले घरेलु मैदानमा आफ्नो वर्चस्व कायम राख्दै तेस्रो महिला वनडे इण्टरनेशनल क्रिकेट म्याचमा भारतलाई ८३ रनले पराजित ३ वटा म्याचको सीरीज ३-० ले क्लीन स्वीप गऱ्यो। टस हारेर पहिला ब्याटिंग गर्दै अष्ट्रेलियाले ५० ओभरमा ६ विकेटमा २९८ रनको विशाल स्कोर बनायो। जवाफमा भारतीय टीम ४५.१ ओभरमा २१५ रन बनाएर अलआउट भयो। भारतको निम्ति ओपनर स्मृति मन्धनाले १०५ रन बनाए पनि अन्य कसैले उनलाई साथ दिन सकिनन्। मन्धनाले आफ्नो करियरको नवौं वनडे शतक बनाइन्। उनले १०९ बल खेलेर १४ वटा चौका र एउटा छक्का लगाइन्। भारतले तेज गतिमा रन बटुल्ने प्रयासमा आफ्नो अन्तिम ७ विकेट केवल २६ रनमा गुमायो। लक्ष्यलाई खेदो गर्दै भारतको शुरुवात खराब रह्यो अनि केवल १६ रनमा रिचा घोषको रूपमा पहिलो विकेटको पतनपछि मन्धनाले हरलीन देओलसँग मिलेर टीमलाई सम्हाल्ने प्रयास गरिन्। हरलीनले ६४ बल खेलेर ४ वटा चौकाको साथ ३९ रन बनाइन्। मन्धना र हरलीनले मिलेर दोस्रो विकेटको निम्ति ११८ रनको पार्टनरशीप गरिन्। यी दुईजना क्रीजमा रहँदासम्म अष्ट्रेलिया दबाउमा थियो तर ३३औं ओभरमा अलाना किंगले हरलीनलाई आउट गरी पार्टनरशीप तोड़्नको साथै भारतको पतन शुरु भयो। कप्तान हरमनप्रीत कौर (१२) र जेमिमा रोड्रिग्स (१६) -ले असल शुरुवातलाई काममा लगाउन सकिनन्। अष्ट्रेलियाई बलरहरूमा गार्डनरले सर्वाधिक ५ विकेट हासिल गरिन्। यसअघि टस हारेर पहिला ब्याटिंग गर्ने अष्ट्रेलियालाई फोबे लिचफील्ड (२५) र जर्जिया वोल (२६ रन)-ले पहिलो विकेटको निम्ति १०.१ ओभरमा ५९ रनको पार्टनरशीप गरी टीमलाई असल शुरुवात दिलाइन्। अष्ट्रेलियाले पछिबाट दुवै ओपनरको साथमा एलिस पेरी (४) र बेथ मूने (१० रन) – लाई लगातार गुमाउँदा एक समय स्कोर ४ विकेटमा ७८ रन रहेको थियो। त्यहाँबाट आयोजक टीमको निम्ति एनाबेल सदरल्याण्डले असल प्रदर्शन गर्दै एश्ले गार्डनरसँग मिलेर पाँचौं विकेटको निम्ति ९६ रनको पार्टनरशीप गरिन्। गार्डनरले ६४ बल खेलेर ५ वटा चौकाको साथ ५० रन बनाइन्। गार्डनरको विकेट पतन भएपछि सदरल्याण्डले कप्तान ताहलिया म्याग्राबाट असल साथ पाइन्। यी दुईले छैटौं विकेटको निम्ति १२२ रनको पार्टनरशीप गरी अष्ट्रेलियालाई विशाल स्कोरसम्म पुऱ्याइन्। ईनिंग्सको अन्तिम ओभरमा रनआउट हुने सदरल्याण्डले ९५ बल खेलेर ९ वटा चौका र ४ वटा छक्का लगाइन्। यसरी म्याकग्राले ५० बल खेलेर अविजित ५६ रन बनाइन्, जसमा ५ वटा चौका सामेल छ। भारतीय
बलरहरूमा अनुणधाती रेड्डीले सर्वाधिक ४ विकेट हासिल गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement