सिन्कोना गोल्ड कपः सेमिफाइनलमा पुग्न सफल भयो डीएलडीपी सिक्किम

photocollage_20241211233625454

कालेबुङ: मंगलधुरा कल्याण समिति, संगसीर कमानको तत्त्वावधानमा आयोजित सिन्कोना गोल्ड कप फूटबल टुर्नामेण्टमा डीएलडीपी सिक्किमले सेमिफाइनलमा स्थान बनायो। मंगलधुरा खेल मैदानमा बुधवार भएको पहिलो क्वार्टर फाइनल म्याचमा डीएलडीपी सिक्किमले एकाडमी नाइट्स (गान्तोक) विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट दुवै गोल आकाशले गरे। यसरी एकाडमी नाइट्सबाट साहिलले १ गोल गरे। यस सेवेन ए साइट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २२ दिसम्बरमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement