केन्द्रीय सूचना आयोगको १६औं वार्षिक सभा दिल्लीमा सम्पन्न

IMG-20241211-WA0224

गान्तोक: केन्द्रीय सूचना आयोगको १६औं वार्षिक सभा हिजो दिल्लीस्थित भारत मन्डपममा सम्पन्न भयो। यस कार्यक्रमको उदघाटन प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री तथा कार्मिक, सार्वजनिक गुनासो तथा निवृत्तिभरण मन्त्रालयका राज्यमन्त्री डा. जितेन्द्र सिंहले गरेका थिए। सम्मेलनमा केन्द्रीय अनि राज्य सूचना आयोगका प्रमुख सूचना आयुक्तहरू र प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो मन्त्रालय र भारत सरकारको निवृत्तिभरण तथा निवृत्तिभरण कल्याण विभागका सचिव र वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो। सम्मेलनले पारदर्शिता र जवाफदेहितालाई बढावा दिन सूचनाको अधिकार (आरटीआई) ऐनको निर्णायक भूमिकाबारे प्रकाश पाऱ्यो। कार्यक्रममा असम र महाराष्ट्र राज्यहरूको सन्दर्भमा राज्य सूचना आयोगको कार्यसम्पादन कार्यक्रममा अन्तरक्रियात्मक सत्र र आरटीआई ऐनको प्रभावकारितामाथि छलफल गरियो। सम्मेलनमा सूचनाको हक ऐनको कार्यान्वयनलाई बलियो बनाउन र प्रशासनमा पारदर्शिता सुनिश्चित गर्न नयाँ रणनीतिहरूबारे चर्चा परिचर्चा गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement