लाचुङमा सरकारी योजनाहरुबारे जागरुकता बैठक

IMG-20241211-WA0222

मंगन: सिक्किम सरकारको वाणिज्य एवं उद्योग विभागीय सचिव कर्मा डी. युत्सोको नेतृत्वमा वरिष्ठ अधिकारीहरुको एक टोलीले जनताको हितमा रहेको विभिन्न सरकारी योजनाहरु कार्यान्वयनबारे एक उच्च स्तरीय बैठक सम्पन्न भयो। कार्यक्रममा बोल्दै मुख्य अतिथि पिपन पेमा वाङ्दी लाचुङ्पाले समृद्ध परम्परा र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न जनतालाई जागरुक बन्नुपर्ने आग्रह गरे। लाचुङको सम्पदालाई विस्तार गर्न र सिक्किम घुम्न आउने पर्यटकहरुलाई देखाउन समन्वय राखेर काम गर्नुपर्ने उल्लेख गरे। उनले सरकारको विभिन्न योजनाहरुबाट जनतामा भइरहेको लाभबारे पनि जानकारी गराए। उनले वाणिज्य एवं उद्योग विभागको सहयोगमा बइरहेको विभिन्न कार्ययोजनाले क्षेत्रको व्यवसायहरूमा फाइदा पुगेको दाबी पनि गरे। यसका साथै उनले विभागद्वारा सिर्जना गरिएका योजनाहरूबाट रोजगारको लाभ हुने बताउँदै यस्ता अवसरहरुको सदुपयोग गर्न आग्रह गरे। कार्यक्रमलाई सम्बोधन गर्दै विभागका सहायक निर्देशक विमला छेत्रीले विगतमा अप्रत्याशित परिस्थितिका कारण लाचुङलाई नोक्सान पारे तापनि विभागले विभिन्न योजनाको माध्यमबाट स्थानीय जनतालाई लाभ पुऱ्याउने काम गरिरहेको उल्लेख गरिन्। सरकारी योजनाहरुलाई जनतासमक्ष पुऱ्याउने प्रतिबद्धतामा विभाग अडिग रहेको बताउँदै उनले स्थानीय मानिसहरुलाई आफ्नो जीविकोपार्जन र व्यवसाय बढाउन विभागीय स्रोतहरू प्रयोग गर्ने प्रोत्साहित गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement