कामरूप (मेट्रो) जिल्ला सडक सुरक्षा समितिको बैठकमा सड़कमा हुने जोखिमबाट बच्न छलफल

IMG-20240717-WA0003

गुवाहाटी: कामरुप जिल्ला आयुक्त सुमित सत्तावनको अध्यतामा आज जिल्ला सडक सुरक्षा समितिको बैठक सम्पन्न भयो। कामरूप (मेट्रो) जिल्ला यातायात पुलिस उपायुक्त जयन्ती सारथी बोरा, अतिरिक्त जिल्ला आयुक्त अजीत कुमार शर्मा, परिवहन विभागका विशेष अधिकारी र कामरूप (मेट्रो) जिल्ला परिवहन विभागका बिशेष अधिकारीको पहलमा उक्त बैठक बसेको थियो।
सो बैठकमा जिल्ला परिवहन अधिकारी, प्रमोटर हिमांशु कुमार दास, प्रमोटर निरीक्षक विक्रमादित्य गोगाई, नीतू चेतिया, यातायात निरीक्षक पंकज कुमार दास र जिल्ला सडक सुरक्षा समितिससंग आबद्ध रहेका विभिन्न विभागका अधिकारीहरू उपस्थित थियो।
सो बैठकमा दिसम्बर र जनवरी महिनामा जिल्लाका आसपासका कुनै पनि क्षेत्रमा पिकनिक पार्टीको गाडीका चालकले मदिरा सेवन गरी अप्रत्याशित जोखिम र दुर्घटना ननिम्त्याओस् भनी सुनिश्चित गर्न छलफल गरिएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement