एचडीएफसी ब्यांक परिवर्तनले पश्चिम बंगालमा पूरा गर्यो पाँच वर्ष

Pic-1

कोलकाता: दिसम्बर ११ मा कोलकाताको एक होटलमा आयोजित कार्यक्रममा एचडीएफसी ब्यांकले आफ्नो सीएसआर (कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी) पहल #परिवर्तन अन्तर्गत पश्चिम बंगालमा पाँच वर्ष पूरा गरेको घोषणा गर्यो   । यस अवधिमा परिवर्तनले १७,००० भन्दा बढी घरपरिवारसम्म सकारात्मक प्रभाव पुर्‍याएको एक प्रेस विज्ञप्तिमा बताएको छ। २०१९ मा एचडीएफसी ब्यांकको परिवर्तन कार्यक्रमले पश्चिम बङ्गालमा वञ्चित विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने कामबाट आफ्नो हस्तक्षेपको शुरुवात गर्यो   । यो कार्यक्रम ग्रामीण विकास, शिक्षाको प्रवर्द्धन, सीप विकास र जीविकोपार्जन सुधार, स्वास्थ्य सेवा र सरसफाइ, र वित्तीय साक्षरतामा केन्द्रित छ। पश्चिम बंगालमा परिवर्तनको प्रभाव ११ वटा जिल्लाहरूमा फैलिएको छ: पुरुलिया, बाँकुरा, दक्षिण २४ परगना, उत्तर २४ परगना, मुर्शिदाबाद, हावडा, झारग्राम, बीरभूम, बर्द्धमान, दक्षिण दिनाजपुर, र नदिया।

पश्चिम बंगालमा भएका मुख्य हस्तक्षेपहरू:

  • किसानहरूको जीविकामा सुधार: दिसम्बर २०२४ सम्म एक लाख किसानसम्म पहुँच पुर्‍याइयो।
  • कोभिड-१९ सहयोग: नौवटा अस्पतालहरूलाई सहायता प्रदान गरियो।
  • शिक्षा सुधार: हावडा जिल्लाका २५ सरकारी विद्यालयलाई स्मार्ट विद्यालयमा परिणत गरियो।
  • सौर्य विद्युतीकरण: नदिया जिल्लाको कृष्णानगर नगरपालिकाको विद्यालयमा सौर ऊर्जा प्रणाली स्थापना गरियो।
  • फेलोशिप कार्यक्रम: २६ उत्कृष्ट विद्यार्थीहरू र पेशेवरहरूलाई सीप विकासको अवसर प्रदान गरियो, जसले कम आय भएका समुदायमा शिक्षण गर्न सक्षम बनायो।
  • छात्रवृत्ति वितरण: १,१०० भन्दा बढी विद्यार्थीहरूले छात्रवृत्ति पाए।
  • महिला सशक्तीकरण: स्त्री परियोजनाअन्तर्गत १८ किसान उत्पादक संगठन (एफपीओ) स्थापना गरियो, जसमा १०,००० भन्दा बढी महिला किसानहरू सेयरधारक बने।
  • परियोजनाका माध्यमबाट २४,००० लाभार्थीहरूले राम्रो कृषि अभ्यास, उत्पादन सुधार, फसल सल्लाह, भण्डारण, र बजारसँगको पहुँच जस्ता फाइदा पाएका छन्। पाँचवटा फसल मूल्य श्रृंखलालाई पनि ब्याकवर्ड र फर्वार्ड लिङ्केजमार्फत सुधार गरियो।

गत ३१ मार्च २०२४ सम्म एचडीएफसी ब्यांकले सीएसआरका लागि ९४५.३१ करोड रुपियाँ खर्च गरेको छ। देशभर १० करोडभन्दा बढी व्यक्तिहरूले यी योजनाहरूको लाभ उठाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement